कलैया–३१ जिल्ला प्रशासन कार्यालय बाराले कोरोना भाईरसको संक्रमण फैलिन नदिन जिल्लामा थप कडाई गरेको छ। जिल्ला प्रशासन कार्यालय बारामा आज बसेको बैठकले कोरुोना भाईरसको संक्रमण फैलिन नदिन थप कडाई गर्ने निर्णय गरेको छ। बैठकले हाल बारा पर्सामा बढदै गईरहेको कोरोना भाईरस संक्रमित बिरामीको बढदो संख्यालाई मध्य नजर गर्दे पर्सा बीरगञ्ज बाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवतजावतलाई ( अत्यावक स्वास्थ सेवा, बिधुत , सञ्चार खानेपानी, बैक, खद्धान्न, दुध, पानी, ग्यास, तेल, तरकारी, औषधी , एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरु (चार पाँग्रे,तथा मोटरसाईकल समेतलाई पुर्ण रुपमा सञ्चालनमा बन्देज लगाउने, यस जिल्ला तथा ईलाका प्रशासन कार्यालय बारा बाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका अन्य हस्तलिखीत तथा ई–पासलाई मिति २०७७ बैशाख ३१ ग्ते देखि खारेज गर्ने, मित्र राष्ट्र भारत संग जोडिएका सिमा नाकाहरुमा आवत जावत पुर्ण रुपमा बन्द गर्ने,अत्यावशक काम बाहेक अन्य कोही पनि ब्यतmीहरु घर बाहिर निस्कन नदिने, उधोग तथा प्रतिष्ठान,बैंक, कार्यालय ,ठुला आयोजनाहरु तथा अन्य संस्थाहरु सञ्चालन गर्दा पर्सा बीरगञ्जमा रहने कर्मचारी तथा कामदारलाई कामकाजमा नलगाउने, उधोग प्रतिष्ठान भित्र रहेर स्वास्थय मन्त्रालय बाट जारी माप दण्ड पुर्ण रुपमा पालना गर्ने, कर्मचारी कामदारहरुलाई आफनै क्वाटरमा राखी सञ्चालन गर्ने उधोगीहरुले मात्र उधोग ब्यवसाय सञ्चालन गर्ने ,अन्य अवस्थामा सञ्चालन नगर्ने निर्णय गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निसेधाज्ञा जारी गरेको हो ।