जेठ १३ कलैया, बारामा रसायनिक मलको चरम अभाव सुरु भएको छ । धानको विउ राख्न र उखु बालिका प्रयोग गर्न किसानहरु मलको खोजीमा भौंतारिन थालेका छन् । मल नपाउँदा खेती लगाउन र जोगाउन समस्या भईरहेको किसानहरुले बताएका छन् ।जिल्लाको कलैया उपमहानगरपालिका जितपुर सिमराउपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिकाका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटागाउँपालिका, बिश्रामपुर गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, सुवर्णगाउँपालिका, देवताल गाउँपालिका, बारागढीमाई गाउँपालिका, करैयामाई गाउँपालिकाकाका किसानहरु मल नपाएका कारण समस्यामा परेका हुन्। उखु गोडेर यूरियामल हाल्न एकहप्ता देखी खोजी गर्दा समेत नपाएको बारा मनहर्वाका किसान निवेश गौतम्ले बताए । चारगाउँ घुम्दा समेत मल नपाएपछी तनाव भैरहेको छ उनले भने। दुईचार दिन भित्र मल नहाले उखुखेतीबाट हुने आम्दानीको आस मार्नु बाहेको विकल्प नभएको गौतमले बताए ।त्यस्तै उचिडीका किशोर कोईरालाले पनी उखुका लागि मलको जोहो हुन नसकेको बताए । उखुमा हाल्न पाईएको छैन । धान लगाउने कसरी होला । विउ राख्नु पर्ने, मल विना विउ उमार्नै गारो हुने कोईरालाले सुनाए । रसायनिक मल अभावमा खेती असंभव जस्तै भएको उनको भनाई छ ।आईतबार जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत साना किसान कृषि सहकारी संस्था मनहर्वाले कृषि सामाग्री कम्पनीबाट प्राप्त गरेको १२० बोरा मल चाहेरपनि विक्रि गर्न सकेन । मल लिन दुईसय भन्दाबढी किसान एकपटक कार्यालयमा जम्मा भएपछी समस्या भएको थियो । अत्याधिक माग देखिएपछी थोरै परिमाणमा रहेको मल विक्रि नगरिएको सस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् ।नेपालमा कृषि सामाग्री कम्पनी र साल्टटेनिङ्ग कम्पनीले रसायनिक मलको आयात तथा विक्रि वितरण गर्दै आएका छन् । तर जारी लकडाउनका कारण भारतबाट आयात नभएको र सरकारी स्टकमा रहेको मल समेत सकिएका कारण अभाव देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडका कलैया प्रमुख सिताराम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मलको अत्याधिक माग भैरहेकाले धान्नै नसकिने अवस्था देखिएको छ । लकडाउनकै अवधिमा कलैया वितरण केन्द्रले डिएपी र यूरिया गरी ९४५ मे.टन मल विक्रि गरेको छ । जेठ र असारका लागि १६ वटा स्थानिय तहको माग सम्बोधन गर्नेगरी १ हजार मे.टन यूरिया र ५ सय मे.टन डिएपीको माग रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
बारामा रसायनिक मलको चरम अभाव सुरु ।

तपाईको प्रतिक्रिया