कलैया – जेठ १४ वीरगन्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारत २१ जनाले कोरोना लाई पराजित गरी गएराति डिस्चार्ज भएका छन्। विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुने सबै बीरगञ्ज महानगरपालिका निवासी हुन्। गण्डक अस्पताल बाट १७ जना पुरुष र ४ जना महिला डिस्चार्ज भएका छन्। जसमा १५ महिने बालक सहित ३ जना बालबालिका रहेको विशेष कोरोना गण्डक अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन् ।अस्पतालमा ल्याएर राखिएपछि लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका २१ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले डिस्चार्ज गरिएको डाक्टर सिंहले बताए। वीरगन्जको अस्पतालबाट भर्ना भएका १०२ संक्रमितमध्ये हिजो सम्म ९३ जना निको भइ घर फर्किएका छन्। चैत २९ गते देखि जेठ ११ सम्म पर्सा, अन्य जिल्लाका र भारतीय गरेर १ सय २ जना संक्रमितलाई उपचारका लागि भर्ना भएका थिए। पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। सोमबार मात्रै वीरगन्जको नारायणी अस्पालबाट ४३ जना डिस्चार्ज भएका थिए।गत आइतबार राति पनि वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनाको डिस्चार्ज गरिएको थियो।त्यसअघि गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए। पहिलो पटक वैशाख १४ गते भने २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए। मङगलबार राति २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेनमा अब ९ जना मात्रै संक्रमित उपचाररत छन्।
गण्डक अस्पतालमा उपचाररत २१ जनाले कोरोना लाई पराजित गरे ।

तपाईको प्रतिक्रिया