कलैया जेठ –१६, बाराको कलैया स्थित जिल्ला प्रशासन कार्यालय आज बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले बिभिन्न निर्णय गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले उतm निर्णय गरेको हो । बैठकले हाल कतिपय स्थानीय तहहरुमा निर्माण भएका क्वारेन्टाईनहरु तेकिएको मापदण्ड अनुसार नभई अत्याधिक भिडभाड रहेको समेत देखिएकोले मापदण्ड बमोजिम ब्यवस्थित क्वारेन्टाईन निर्माण तथा सञ्चालन गर्नका लागि स्थानीयतहहरुले थप प्रयास गर्ने, यसका लागि सुरक्षा तथा ूवास्थय ब्यवस्थापनलाई मध्य नजर गरी श्रोतको उपलब्धता, स्थानीय जन सहभागिता ,जनघनत्व समेतका आधारमा सेवा प्रभावकारिताको लागि क्वारेन्टाईन सेवा बिस्तार गर्ने, कोरोना भाईरस पोजेटिभ बिरामीहरुको संख्या बढदै गईरहेको र अस्पतालको बेड क्षमता समेत पुरा हुदै गएको र भबिष्यमा समेत बढने देखिएकोले अन्य रोगको प्रकोप नभएका, दिर्धकालिन रोग नभएका र कोरोना भाईरसको लक्षण नदेखिएका फस्ट स्टेज माईलड कोरोना पोजेटिभ तथा आर.डि.टि पोजेटिभ बिरामीहरुको उपचारका लागि आवशयक चिकीत्सक र स्वास्थयकर्मीको ब्यवस्थापन गरी उपचार गर्नुपर्ने देखिएकोले यस जिल्लाका स्थानीय तह मध्ये उपमहानगरपालिकाले ५० बेड, नगरपालिकाले २८बेड र गाउँपालिकाहरुले दश बेडको आईशोलेशन वार्ड निर्माण गरी आफनो पालिका भित्रका बिरामीहरुको उपचारको ब्यवस्था मिलाउने, जिल्ला बिपद ब्यवस्थापन समिति, जिल्ला कोभिड –१९ को सचिवालयको तर्फ बाट पटक पटक क्वारेन्टाईन बेडको संख्या बढाउन अनुरोध गर्दा समेत बाराका स्थानीय तहहरु परवानीपुर गाउँपालिका, प्रसौनी र फेटा गाउँपालिकाले हाल सम्म न्युन संख्याको क्वारेन्टाईन बनाएको हुदाँ उतm गांउपालिकाहरुले दुई दिन भित्र क्वारेन्टाईन बेड संख्या ४० र आईशोलेशन १० बेडको बनाउने, उतm गाउँपालिकाहरुको वतन भएका ब्यतmीहरुले अन्य स्थानीय तहहरुले आफनो पालिकाको क्वारेन्टाईन तथा आईशोलेशन नराख्ने भएकाले उतm गाउँपालिका ठेगाना भएका नागरिकहरु भारत लगायत अन्य मुलुक बाट आएमा सोको जिम्मेवारी र जवाफदेहिता सम्बन्धित गांउपालिकाले पुरा गर्ने, कोरोना पोजेटिभ देखिएका बिरामीहरुलाई आस्पतालमा ल्याउने लैजाने कार्यमा संलगन नेपाल रेडक्रस सोसाईटी कोभिड –१९ को सचिवालयमा खटिृ आएका सवारी चालकले नेपाल रेडक्रस सोसाईटी बाट बिरामी लाने लैजाने काममा खटिृएको र उठेको रकम बाट पारिश्रमिक पाउने आस्थाको अन्तय भई पुर्णकालिन रुपमा कोभिड –१९ को सचिवालयमा २४ सै घण्टा खटृी काम गरेकोले निजलाई हलका सवारी चालकको प्रथम तह बराबरको पारिश्रमिक भन्दा बढी नहुने गरी खाजा तथा खाना बापतको रकम प्रदेश सरकार बाट उपल्बध बिपद ब्यवस्थापन कोष बाट खर्च गर्ने, कलैया उपमहानगरपालिकाको जन संख्या तथा यस पालिका बाट भारत लगायत अन्य मुलुकमा गएका ब्यतmीहरु फर्किने बढदो संख्यालाई मध्य नजर गरी उनीहरुलाई परिवार तथा समुदायमा जानु भन्दा अगाडी क्वारेन्टाईनमा राखी स्वास्थय परिक्षण समेत गर्नुपर्ने देखिएको तथा नारायणी सिचाई आयोजनाको स्वामितवमा रहेको चन्दन नाथ गण बसेको खण्डहर भवन मरम्मत संभार गरी सञ्चालन गर्न करिब एक करोड खर्च लागने अनुमान तथा सो निर्माण गर्न समय लागने देखिएको र प्रदेश सरकार बाट उतm संरचनामा आस्थायी कोरोना अस्पताल निर्माण गर्न सहमति समेत प्राप्त नभएकाले निर्णय ३ समेतका आधारमा सबै स्थानीय तहहरुमा आईशोलेशन वार्ड बन्ने भएकाले यस जिल्ला स्थित रामराजा बुहुमुखी क्याम्पसमा ३ सय बेडको क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने लगायतको निर्णय गरिएको छ। यसको पुर्वाधार निर्माण तथा सञ्चालन ब्यवस्थापनका लागि लागने खर्च मध्ये संघीय संसदको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम बाट पचास प्रतिशत र कलैया उपमहानगरपालिका बाट पचास प्रतिशत रकम ब्यहोर्ने गरी कलैया उपमहानगरपालिका बाट सञ्चालन गर्ने निणर्य गरिएको छ। यसैगरी कलैया उपमहानगरपालिका ३ गंगापुर स्थित शैक्षिक तालिम केन्द्रको पच्छिम पटृीको पुरुष छात्राबासमा ५० बेडको आईशोलेसन वार्ड तयारी अवस्थामा रहेको र महिला छात्राबासमा थप ५० बेड आईशोलेसनको रुपमा बनाउन सकिने देखिएकोले उतm छात्राबासलाई कलैया आस्पतालले आफनो खर्चमा मर्मत संभार तथा आवशयक सामग्रीको ब्यवस्था गरी आईशोलेसन वार्ड सञ्चालन गर्ने, कलैया अस्पताल बाट गंगापुर स्थित एक सय बेडको आस्थायी कोरोना अस्पतालमा काम गर्ने कर्मचारी ब्यवस्थापनका लागि आवशयक जनशतिm मध्ये कलैया अस्पताल ,स्वास्थय कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिभिन्न स्थानीय तह तथा प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत चिकीत्सक तथा अन्य जनशतिm परिचालन गरी कामकाज लगाउने र नपुग जनशतिm उपलब्ध गराउन प्रदेश सरकार समाजिक बिकास मन्त्रालयलाई अनुरोध गर्ने, गंगापुर स्थित अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवशयक सामग्री तथा उपकरण ,औषधी ढुवानी ब्यवस्थापन शुक्रबार गर्ने, शनिबार कलैया अस्पताललाई डिसईन्फेकशन गरी सकेपछि अस्पतालको नियमित सेवा सञ्चालन गर्ने सम्बन्धमा अस्पतालले सार्वजनिक सुचना जारी गर्ने लगायतको निर्णय गरिएको छ। पचास बेड भन्दा बढीको क्वारेन्टाईन तथा आईशोलेशन वार्डको सुरक्षा नेपाली सेनाले गर्ने, सो भन्दा कम बेड भएमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आपसी समन्वयमा मुख्य सुरक्षा ब्यवस्था गर्ने, यसका साथै आफनै नगर प्रहरी र सुरक्षाकर्मी रहेका स्थानीय तहहरुले त्यस्ता सुरक्षाकमी समेत परिचालन गर्ने, तत्काल २५ सय पि.सीआर टेष्टको लागि भिटिएम किट र १५ सय थान आर.डि.टी किट उपल्बध गराउन कोभिड –१९ को सचिवालय ,स्वास्थय तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार समाजिक बिकास मन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सरकार बाट जिल्ला बिपद ब्यवस्थापन कोषमा प्राप्त भएको पचास लाख रकम मध्ये बाट देहाय बमोजिमको बिभिन्न सामाग्रीहरु ५ वटै सुरक्षा निकायहरुको लागि २७ लाख ८१ ह्जार ३०३ मुल्य बराबरको खरिद गरी बितरण गरिएकोले सो खर्चको अनुमोदन गर्ने निर्णय गरिएको छ। बैठकमा प्रदेश सभा सदस्यहरु पारस प्रसाद साह, बच्चा प्रसाद यादव, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादव, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारी, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साह, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल, सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंह, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, आर्दशकोतवाल गाउँपालिकाका उपाध्यक्ष पुनम देवी साह, चन्दननाथ गण बाराका सेनानी सुरेश बिक्रम शाह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेनी, सशस्त्र प्रहरी नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक दिगबिजय सुवेदी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका कार्यालय बिमल घिमीरे, स्वास्थय कार्यालय बाराका शंकर प्रसाद गुप्ता, जिल्ला अस्पताल कलैयाका मे.सु.डा. बिरेन्द्र मण्डल, जिल्ला रेडक्रस सोसाईटी बाराका राजेन्द्र सिंह खडका, रामराजा बहुमुखी क्याम्पसका प्रभु पटेल, राष्ट्रिय मुस्लिम आयोग बाराका संयोजक राम महमद राय, नेकपाका मुकेश साह, समाजवादी पार्टीका अजय पटेल, नेपाली काग्रेसका सुरेन्द्र गुप्ता, लुमन्तिका अनिल मण्डल लगायतको सहभागिता रहेको थियो।
रामराजा बहुमुखी क्याम्पसमा तीन सय बेडको क्वारेन्टाईन निर्माण गरिने ।

तपाईको प्रतिक्रिया