कलैया जेठ –१६, मारवाडी सेवा समितिले कलैया उपमहानगरपालिकामा–१ मा एक हजार पाँचसय परिवारलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने होमीयोपेथि औषधि वितरण गरेको छ । मारवाडि सेवा सदन कलैयामा आज पत्रकार सम्मेलन मार्फत औषधी बितरण बारे जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका निरन्जन अग्रवालले उनीहरुलाई कोरोना भाइरसको संक्रमण बाट जोगाउनको लागि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने होमीयोपेथि औषधि वितरण गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव भरत अग्रवालले जेठ १५ गतेबाट शुरु गरीएको अभियान सञ्चालन गरी नागरिक समाज र सञ्चार जगतलाई जानकारी गराउने बताए। सामाजिक दुरी कायमगरी भएको पत्रकार सम्मेलन गरिएको हो । अभियामा नविन अग्रवाल, श्याम खेतान र जगदिश अग्रवाल सजन अग्रवाल लगायतकाले औषधि वितरण कार्यमा सहयोग गरेका हुन्।
एक हजार पाँचसय परिवारलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने होमीयोपेथि औषधि वितरण ।

तपाईको प्रतिक्रिया