कलैया जेठ –१६, बाराको कलैया स्थित जिवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले कलैया उपमहानगरपालिकाको २७ वटै वडालाई सेनिटाईज गर्ने अभियान आज देखि शुरु गरेको छ ।बिश्वव्यापि कोरोना भाईरसको माहामारीबाट बच्नका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान शुरु गरिएको गरिएको संस्थाका अध्यक्ष दिलिप चौधरीले जानकारी दिएका छन्। उतm अभियान अन्तर्गत १० दिन भित्र कलैया उपमहानगरपालिकाको २७ वडा सेनीटाईज गरिने अध्यक्ष चौधरीले बताए ।कोरोना भाईरस बाट बच्न आवशयक सावधानिहरुबारे जनचेतना जगाउने संस्थाका सदस्य धर्मेन्द्र तिवारीले बताए ।निजि क्षेत्रबाट शुरु गरिएको यस अभियानले कलैयावासिलाई ठुलो सहयोग पुग्ने बिश्वास गरिएको छ ।अभियान अन्तर्गत सो संस्थाले कलैयाको ४ स्थानमा अटोमेटिक सेनिटाईजर बुथ समेत जडान गर्ने संस्थाका सदस्य तिवारीले जनाए ।कलैया उपमहानगरपालिकाको वडा नं.१ बट शुरु गरिएको अभियान २७ वटै वडामा पुग्ने छ । सो अवसरमा संस्थाका सदस्य तथा प्रदेशसभा सदस्य म.समिर, डा.बद्रि दास, भरत अग्रवाल, बन्टि अग्रवाल,शिवजि यादव, सुभाष जैसवाल, नबिन अग्रवाल, किशन शर्मा लगायतकाले कोरोना भाईरस बात बच्नका लागि लक डाउनको पुर्ण रुपमा पालना गर्न नगरबासी संग आग्रह गरेका थिए।
जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था द्धारा कलैया उपमहानगरपालिका सेनिटाईज अभियान शुरु ।

तपाईको प्रतिक्रिया