कलैया जेठ–१८, बारामा हिजो थप तिन जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ। जिल्लाको सुवर्ण गाउँपालिकामा एक र सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ३ का दुई जना र सुवर्णगाउँपालिकाको हर्दियाका २४ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन्। सिम्रौनगढका १८ बर्षिय युवक र ३५ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण भेटिएको हो। उनीहरुको स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । जेष्ठ १४ गते एक सय २६ जनाको स्वाब संकलन गरी परिक्षण परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ र एक सय २४ जनामा निगेटिभ देखिएको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवले जानकारी दिएका छन्। संक्रमित दुवै जना भारतको ईन्दौर र मुम्बई बाट घर फर्किएका हुन्।संक्रमितहरुलाई उपचारको लागि गण्डका अस्पतालमा लगिएको छ। पचरौता नगरपालिकामा १७, महागढीमाई नगरपालिकामा २१, जिल्ला प्रहरी कार्यालयमा कार्यरत सात प्रहरी, सिम्रौनगढ नगरपालिकामा सात, करैयामाई गाउँपालिकामा दुई, जीतपुरसिमरा उपमहानगरपालिकामा एक, विश्रामपुर गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो। संक्रमित मध्ये जीतपुरसिमराका एक र सिम्रौनगढका एक जना उपचारपछि घर फर्किएका छन् । बारामा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
बारामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण , बारामा संक्रमितको संख्या ६१ पुगयो ।

तपाईको प्रतिक्रिया