कलैया जेठ–१८, बाराको कलैया उपमहानगरपालिका ३ गंगापुर स्थित शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा आइशोलेशन शैययाको अभाव भएको छ। कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल ५० शैययाको आइसोलेसन कक्ष संचालनमा ल्याइएको हो।शैक्षिक तालिम केन्द्रमा एक सय ५० शैययाको आइसोलेसन कक्ष तयार संक्रमितहरूलाई उपचार गर्न सकिने भए पनि अहिले ५० वटा बेड मात्रै राखेर उपचार शुरु गरिएको छ। प्रदेश सरकारबाट कोरोना अस्पतालन संचालन गर्न लागि कलैया अस्पताललाई प्राप्त भएको बजेटबाट थप ५० वटा आइसोलेसन बेड थपिने भनिए पनि बेड थपिने कार्यमा ढिलाई भएकाले बेडको अभाव देखिएको छ ।कलैया उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको ५० वटा आइसोलेसन कक्ष संक्रमितहरूबाट भरिएको कलैया अस्पतालका मेडिकल सुपरिटेण्ड बिरेन्द्र कुमार मण्डलले बताएका छन । बारामा कोरोना भाईरस संक्रमितको संख्या ६१ पुगेको छ। प्रदेश सरकारबाट कोरोना भाइरस उपचारमा खर्च गर्ने गरि शिर्षक छुटयाएर बजेट प्राप्त नभएकोले ५० वटा बेड थपिनको लागि बजेटको व्यवस्था गर्न तिर लागिएको बताएका छन्।प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा संचालन गर्ने गरेको निर्णयको बिरोध भएपछि सर्वदलिय बैठकबाट शैक्षिक तालिम केन्द्रको भवनमा तत्कालको लागि अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरिएको थियो।कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादवले सर्वदलिय सहमति अनुसार बर्षै देखि बन्द र जिर्ण रहेको शैक्षिक तालिम केन्द्रमा रहेको भवनहरूको मर्मत, शौचालय, खाने पानी, बिद्युतको मर्मत गराई ५० शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको बताए ।
शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा बेडको अभाव ।

तपाईको प्रतिक्रिया