कलैया, जेठ–२५, सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाको अमरपुर नहर चोकको बाटो बाट आज बिहान अबैध रेडीमेड फैन्सी कपडा तथा नगद रु १५ लाख रुपैया बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी गोलागञ्जका सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमाण्डमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले रु ३३ हजार पचास रुपैयाको रेडीमेड फैन्सी कपडा तथा नगद रुपैया बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण उत्तरझिटकैयाले जनाएको छ। बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले उतm रुपैया तथा कपडा बरामद गरेको हो । सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै एक जना व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रुपमा रेडिमेड फेन्सी कपडा र नगद रुपैया नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले उतm कपडा तथा रुपैया बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर उतm कपडा तथा पैसा लिएर आउने ब्यतmीले कपडा र पैसा छाडी फरार भएको थियो । बरामद भएको उतm रुपैया तथा कपडालाई आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाईने सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिए ।यस अघी पनि सशस्त्र प्रहरीले सिमरौनगढ ईलाकाबाट एक लाख नक्कली नेपाली रुपैया सहित एक ब्यतmीलाई पक्राउ गरेको थियो । भने बाराको सिमरा जितपुर ईलाकाबाट १२ लाख स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिकलाई नियन्त्रणमा लीई कारबाही प्रकृया अगाढी बढाएको थियो । तीन दिन अघी मात्रै बारा जिल्लाकै बिश्रामपुर गाउपालिका क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध सहित ब्यक्ती पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल न. १२ गण बाराले कोभिड १९ नियन्त्रणको लागि बारा जिल्लामा सात वटा बिओपी बाट १७ फरवार्ड पोस्ट निर्माण गरी कार्य गर्दै आएको छ । लक डाउन कार्यन्वयनको क्रममा बारा जिल्लामा सशस्त्र प्रहरी बलको परिचालन मजबुत तथा सिमानाकामा भएको कडाइको परिणाम स्वरुप यस्ता गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरी बलले सफलता प्राप्त गर्न सफल भएको हो।
बारामा अबैध रेडीमेड कपडा तथा पन्ध्र लाख ?पैया बरामद ।

तपाईको प्रतिक्रिया