२६ जेठ कलैया । कोरोना भाईरसको संक्रमण रोकथाम गर्नका लागि नेपाल सरकारले लागु गरेको लक डाउनका कारण प्रभावित अतिबिपन्न घरपरिवारलाई कलैया उपमहानगरपालिका वडा नम्बर चारको कार्यालयले हिजो राहत बितरण गरेको छ। वडा कार्यालयले लक डाउन बाट प्रभावित तीन सय भन्दा बढी घरपरिवारलाई राहत बितरण गरेको हो । वडा अध्यक्ष जटाशंकर सहनीका अनुसार चौथो पटक लक डाउन बाट प्रभावित अतिपिन्न घरपरिवारलाई राहत बितरण गरिएको छ। प्रदेश सरकार बाट प्राप्त भएको ६३ पोका राहत र डिप्रोश लघु बित बितिय संस्था बाट प्रभात २० बोरा चामल र बांकी वडा कार्यालय बाट गरी तीन सय अति प्रभावित घरपरिवारलाई राहत बितरण गरिएको वडा अध्यक्ष सहनीले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया