२८ जेठ कलैया । लक डाउन भरीको ब्यापारीको बैक ब्याज मिनाहा गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी बाराले हिजो जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ। पार्टीको कलैया नगर समितिले करछुटको ब्यवस्था गर, बिपन्न परिवारको राहत ब्याकेजको ब्यवस्था गर, किसानहरुलाई राहतको साथै मलखादको सहज आपुर्ती गर्नुपर्ने माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएको हो ।नगर समितिका जय प्रकास साह, शिवनाथ पटेल लगायतकाले उतm ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी पण्डितलाई बुझाएका हुन्। ज्ञापन पत्रको बोदार्थ गृह मन्त्रालय, अर्थ मन्त्रालयमा पठाईएको छ। नगर समितिले कलैयामा जुलुश प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको हो ।
लक डाउन भरीको ब्यापारीको बैक ब्याज मिनाहा गर्नुपर्ने माग ।

तपाईको प्रतिक्रिया