२८ जेठ कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१५ डुमरबानामा एक बुवाले आफनै छोरामाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बताएका छन् । स्थानीय ५२ बर्षिय हिल्तो तमाङगले आईतबार राती २१ बर्षिय छोरा जङ्गा तमाङगलाई खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। रक्सीले मातेको छोराले भाटाले बुवालाई हिर्काएपछि रिसाएका बुवाले छोरा माथि खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।घाईते जङ्गाको उपचार बायोधा अस्पताल परवानीपुरमा उपचार भईरहेको छ ।अहिले उनको अवस्था समान्य रहेको छ। खुकुरी प्रहार गर्ने बुवालाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया