३० जेठ कलैया । बारा तथा रौतहटको अरुवा खोलाको पच्छिम पटृी स्लेब कल्र्भट निर्माणको सम्बन्धमा उत्पन्न भएको बिबाद समाधान भएको छ। दुवै जिल्लाको नेपाल सरकारको उच्च पदाधिकारीहरुको स्थलगत निरीक्षण पशचात बसेको बैठकले कल्भर्टको सम्बन्धमा उत्पन्न बिबाद समाधान भएको हो । बैठकले डिभिजन सडक कार्यालय चपुरको बार्षिक कार्यक्रम अनुसारको बारा र रौतहटको सिमानामा पर्ने अरुवा खोलाको पच्छिम तर्फ,लगत ईस्टीमेट बमोजिमको स्लेब कल्र्भट पुल निर्माण गर्दा हाल हयुम पाईप बिच्छाई निर्माण भएको पुल संग जोडने गरी यथासक्य चाडो निर्माण गराउने र हाल प्रस्तावित कल्र्भट पुल निर्माणको लागि भत्काईएको स्थानको निर्माण आर्दश कोतवाल गाँउपालिकाले गर्ने, उतm स्थानमा स्लेब कल्र्भट निर्माण गर्दा सिम्रौनगढ तामागढी सडकको सम्भवय बिस्तार हुने क्षेत्र समेत छोडी सुरक्षाको सम्बन्धमा आवशयक सर्तकता डिभीजन सडक कार्यालयले गर्ने, हाल बारा तथा रौतहट जिल्लाको सिमा अरुवा नदी बगी रहेको स्थान रहेकोले भबिष्यमा उतm नदीको बहाव प्राकृतिक वा मानविय प्रयास बाट परिवर्तन गरिएमा साविक मेवा टोलको पच्छिम पटृी रहेको पहिलो पुललाई सिमाना मानी उतm स्थानमा आदर्शकोतवाल गाउँपालिकार फतुवा बिजयपुर नगरपालिकाले स्वागतको बोर्ड राख्ने , निर्णय नम्बर ३ अनुसारको बिबाद भएमा नेपाल सरकारको सिमानाको नक्साङ्कन बमोजिम यकिन गर्न दुवै जिल्लाका नापी मालपोत स्थानीय प्रशासन र स्थानीय तहका प्रतिनिधीहरु रहेको समितिले दिएको प्रतिवेदनको आधारमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ। बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमीरे, प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनी, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजयशंकर यादव, आर्दशकोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अंसारी, सडक डिभीजन च पुरका डिई दरोगा प्रसाद, आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राकेश कुमार यादव, फतुवा बिजयपुर वडा नम्बर ३ का वडा अध्यक्ष शिवनारायण साह लगायतको सहभागिता रहेको थियो ।
बारा तथा रौतहटको अरुवा खोलाको पच्छिम पटृी स्लेब कल्र्भट निर्माणको सम्बन्धमा उत्पन्न भएको बिबाद समाधान ।

तपाईको प्रतिक्रिया