३२ जेठ, कलैया । करैयामाई गाँउपालिकाको कार्यालयले प्रदेश दुई सरकारले उपलव्ध गराएको दोश्रो चरणको राहत सामग्री वडा नम्बर दुईमा बितरण गरेको छ । कोरोना भाईरस कोभिड–१९ रोग रोकथामगर्न नेपाल सरकारले लागु गरेको गरेको बन्दाबन्दीका कारण अतिप्रभावित ६३ परिवारलाई राहत वितरण गरिएको करैयामाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतोले जानकारी दिएका छन्। वडा अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले वर्तमान असहज अवस्थामा सबै परिवार प्रभावित भई जिवन यापन गर्न समस्या भएको आवस्थामा प्रदेश सरकारले ६३ पोका बनाएर प्रति परिवार एक पोका वितरण गर्नका लागि निर्देशन दिएकाले सोही निर्देशन अनुसार राहत वितरण गरिएको बताए । प्रति परिवार चामल २५ केजि, स्वावीनआधा केजि, खाने तेल एक लिटर, दाल एक केजि, साबुा एब ओटा र नुन एक पोका रहेको उनले बताए ।उनले गाँउपालिकाका सबै वडामा कार्यालयले वितरण गर्दै जाने बताउनुभएको छ । कोरोना रोग नियन्त्रण गर्ने क्रममा पिडामा परेका नागरिकलाई कृषिकार्यमामल र बिउको अभाव, बैंक र वितिय संस्थाहरुबाट लिएको ऋण र व्याजतिर्न नसकेर समस्यामा परेकाले नागरिकका समस्याको समाधानगर्न नेपाल सरकार र प्रदेश सरकार सँग माग गरे ।उतm अवसरमा मधुवनप्रहरी चौकीका असई, वडा सदस्य काशी चौधरी, फुलमती पासवान, तेजमन्ती देवी चौधरी र देवकी चौधरी लगायतको सहभागिता रहेको थियो ।
लक डाउन बाट प्रभावित घर परिवारलाई राहत बितरण ।

तपाईको प्रतिक्रिया