०२ असार कलैया । बारा जिल्ला अदालतले आफनो कार्यालय बाट प्रवाह गरिने कार्यहरु सार्वजनिक गरेको छ ।बारा जिल्ला अदालतको पुर्ण बैठकको निर्णय अनुसार हिजो देखि अर्काे आदेश नभए सम्मका लागि बिहान आठ बजे देखि बेलुकी ६ बजे सम्म गरिने कार्यहरुको बिबरण एक सुचना जारी गरी सार्वजनिक गरेको हो । दर्ता भईसकेका देवानी प्रकृतीका मुद्दाहरुको मिलापत्र,फिर्ता सम्बन्धी कार्य, नाबालक अभिभावकको जिम्मा लगाई पाउ भने सम्बन्धी निवेदन,दर्ता द्वारा बिबाह सम्बन्धी कार्य, अधिकृत वारेशनामा प्रमाणित गर्ने, एकतर्फी सम्बनध बिच्छेद मुद्दा उपरको सुनवाई,अदालतमा मुद्दा दर्ता भई बन्दाबन्दीको कारणले रोक्का गरी पाउ भन्ने निवेदनमा उपयुतm आदेश गर्ने, मिलापत्र गर्ने प्रयोजन समेतका लागि पक्षले समबन्ध बिच्छेदका मुद्दा दर्ता गर्न चाहेमा फिराद दर्ता गर्ने,प्रतिउतर समेत दर्ता गरी मिलापत्र गराउने, घरेलु हिंसा, माना चामल, अदालतको अपहेलना जस्ता मुद्दाहरुको दर्ता सुनवाई गर्ने, सरकारवादी हुने शुरु मुद्दा दर्ता सुनवाई र दर्ता भई बिचाराधिन रहेका थुनुवा मुद्दाहरु र फरार भएका प्रतिवादी हाजिर भए बयान थुन छेक लगायतको कार्य, सजाय निर्धारण ,फैसला लेखन,बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता सुनवाई, अन्तिम फैसला भई फिर्ता दिनुपर्ने धरौटी रकम फिर्ता पाउँ भनी सम्बन्धित पक्षले निवेदन दिएमा धरौटी रकम फिर्ता दिने, बिगो मार्फत मिलापत्र गर्ने प्रयोजनार्थ बिगो भरी भराउ, अंश छुटयाई पाउँ,दाखिल खारेज, चलन चलाई पाउँ भन्ने समेतका निवेदन दर्ता गरी मिलापत्र गराउने,जरिवाना लागेका ब्यतmीले जरिवाना बुझाउन आएमा एवम् थुनुवा बसी पाउँ भनी निवेदन सहित उपस्थित हुन आएमा सोको निवेदन दर्ता गर्ने समेतको कार्य गर्ने, अत्यावशयक मुद्दाहरुको म्याद (सुचना तामेल गर्ने) , मुलुकी फौजदारी कार्यबिधी सहिता,२०५५ को दफा १५५ बमोजिमको निवेदन सुनवाई गर्ने, फैसला अनुसारको लगत कायम र लगत सम्बन्धीको कार्य, अभियोग पत्र साथ पेश भएका दशीका समानहरु फिर्ता दिने, अदालतको प्रशासनिक एवम् अन्य मृुद्दा फांटको ब्यवस्थापकिय कार्य लगायतका सार्वजनिक गरेको हो ।
बारा जिल्ला अदालत बाट प्रवाह गरिने कार्ययोजना सार्वजनिक ।

तपाईको प्रतिक्रिया