०२ जेठ कलैया । कोरोना भाईरसको संक्रमण रोकथाम गर्नका लागि नेपाल सरकारले लागु गरेको लक डाउनको ८३ औ दिनमा हिजो बाराका सरकारी कार्यालय खुलेका छन्। जिल्लाको कलैया उपमहानगरपालिका स्थित मालपोत, नापी ,भुमिसुधार कार्यालय, नेपाल टेलिकम, नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय , आन्तरिक राजस्व कार्यालय, डिभीजन वन कार्यालय लगायतका सरकारी कार्यालयहरु खुलेका हुन्। लकडाउनका कारण सर्वसाधारणको दैनिकी चलाउन असहज भएको भन्दै सरकारले आज स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सरकारी कार्यालयहरुको सेवा सुचारु भएको हो ।सरकारको निणय अनुसार आजबाट सरकारी तथा गैरसरकारी कार्यालयहरुले साविककै रुपमा सेवा प्रवाह गर्ने भएका छन् ।आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी तथा संघसंस्थाहरुको वार्षिक तथा लेखा कर फस्र्यौट गर्नुपर्ने भन्दै सरकारी कार्यालयहरुको सेवा पुनः संचालन गर्न थालिएको हो ।लामो समयदेखि लकडाउनका कारण नागरिकले सेवा लिन नपाएको भन्दै दुई सिफ्टमा सरकारी कार्यालयहरुले सेवा दिने भएका छन् ।पहिलो चरणमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो चरणमा १ बजेदेखि साँझ ६ बजेसम्म सेवा संचालन हुने बताइएको छ ।सेवाग्राही र कर्मचारीको भीडभाड र चाप घटाउन दुई सिफ्टमा सेवा दिन लागिएको हो ।त्यसैगरी सबै सरकारी कार्यालयमा प्रवेश गर्नुअघि कर्मचारी र सर्वसाधारणको ज्वरो नाप्नुका साथै हात धुने व्यवस्था मिलाइएको छ ।
लक डाउनको ८३ औ दिनमा बाराका सरकारी कार्यालय खुले ।

तपाईको प्रतिक्रिया