०७ असार, कलैया । बाराको मनवत –मटिअर्वा सडक खण्डको निर्माण गर्न तोकिएको अवधी सकिएपछि सडकमा परेको घर स्थानीयबासीले हटाएका छन् । उक्त सडक खण्ड अन्र्तगतको कलैया उपमहानगरपालिका साढे तिन किलो मिटर सडकमा परेको घर हटाएका हुन्। स्थानीय बासीले ढिलो गरी सडकमा परेको हटाएपछि सडक नबने अन्यौल बढेको छ। बजार क्षेत्रका सडक निर्माण हुन नसकेको कारणले सरकारको एक अर्ब भन्द बढि लगानी र स्थानीयहरुले सडकको लागि भत्काएको भौतिक संरचना दुबै व्यर्थ जाने अवस्थामा पुगेको सरोकारवालाको गुनासो रहेको छ । २७ किलोमिटर लामो मानमत देखि मटिअर्वा सम्मको सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ। पूर्व–पश्चिक महेन्द्र राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन उदेशयले भारत सरकारको सहयोगमा निर्माण सुरु गरिएको हुलाकी सडकको लागि साविक सडकको मध्य भागदेखि दाया बायाँ १५-१५ मिटरसम्म स्थानीयहरुको जग्गा अधिग्रहण गरिने निर्णय गरिएको थियो।तर कलैया बजार क्षेत्रका केही स्थानीयहरुले अधिग्रहण गरिएको जग्गाको मुअब्जा कम भएको भन्दा सडकलाई ७.५/७.५ मिटर मै निर्माण गर्न माग राख्दै त्यसको अवरोधमा उत्रेका थिए। बर्खायाम सुरु भएपछि त्यस सडकमा घर अगाडी नै तीन तीन फिटसम्म खाल्डो भएको र त्यसमा हिलोले गर्दा हिँडडुल गर्न नसकिने अवस्था रहेको कलैयाबासी बताउछन्।
पहिला नै सडकमा पर्ने घर, टहराहरु खाली नगराएर ठेक्का लगाउँदा ठेक्काको सयम बितेपछि कलैया बजार क्षेत्रका स्थानीयहरुले घर टहरा खाली गरेको अवस्था रहेको हुलाकी राजमार्ग आयोजना प्रमुख रोहित कुमार बिशुरालले जनाए। ठेक्काको सयम बितेपछि अधुरो रहन गएको साढे तीन किलोमिटर सडकलाई निर्माण गर्न समस्या भएको उनले बताए ।