१० असार , कलैया । नागरिकता बिधेयकको बिरोधमा जनता समाजवादी पार्टी बाराले हिजो कलैयामा प्रर्दशन गरेको छ। कलैया स्थित जनता समाजवार्दीको े पार्टी कार्यालय बाट शुरु भएको बिरोध जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । जुलुशका सहभागिहरुले नाराबाजी गर्दे कलैया नगर परिक्रमा गरेका थिए। उनीहरुले सरकारले नागरिकता ऐन विधेयकमा संशोधन गरि विदेशी बुहारीलाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने गरेको निर्णयको चर्काे बिरोध गरेका थिए। उतm निर्णयलाई सच्याउन माग गरेका थिए। नगरपरिक्रमा पशचात जुलुश कलैयाको मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै पुर्ब सभासद प्रमोद गुप्ता नेकपाले ल्याएको नागरिकता सम्बन्धि विधेक हाम्रो आमा हरुलाई बदनाम र अनागरिक बनाउन खोजेको आरोप लगाए । प्रदेश सभा सदस्य पारस साहले भारत र मधेस तथा नेपालको सम्बन्ध केपि ओलि प्रधानमन्त्रीले बनाएको होइन यो सम्बन्ध भगवान राम र सीताले बनाएको हो यश लाई कसैले कागजमा लेखर तोडन नस्कने बताए।जसपा नेपालका राष्ट्रिय स्तरका नेता जितेन्द्र सिंहले काठमाडौंको सिंह दरबारमा बसेर शासकहरुले बनाएको संविधान आज पनि मधेसी ,थारू लगायतका ले मानेका छैनन भने् ।उनले अब मधेसी थारु लगायतका जनताहरुले काठमाडौंको सिंह दरबारमा बस्ने केपि ओलि जस्ता शासकहरुलाई तह लगाइ आफ्नो काब्जामा लिने चेतावनी दिए। जसपाका नेता नवलकिशोर सिंहको अध्यक्षतामा भएको कोण सभामा प्रतिनिधी सभा सदस्य रामबाबु कुमार यादव , प्रदेश सभासदस्य बच्चा राय यादव ,शारदा शंकर साह , पुर्ब सभासद आत्मारम साह ,पार्टीका नेता श्याम गुप्ता , अजय पटेल , धर्मेन्द्र यादव ,महमद फिरोज , अरुण कुमार सिंह, महिन्द्र मंडल , जय प्रकाश साह , राम किशोर यादव , शशी दास , रामबाबु सोनल , सन्तोष यादव , बिनेस राम , अबास अन्सारी , जिर्जोधन साह , रामबाबु यादव (अधिवक्ता ) , पन्नालाल साह , शशिभुसन केसरी , रामचन्द्र साह ( ट्रसट अध्यक्ष ) , नरेश साह , सोनालाल साह , पवन मंडल , शुभाशचन्द्र पाण्डे , शिवरतन यादव लगायतको सहभागिता रहेको थियो । कोणसभामा सञ्चालन शिवनाथ पटेलको रहेको थियो ।
नागरिकता बिधेयकको बिरोधमा जनता समाजवादी पार्टी द्वारा कलैयामा प्रर्दशन ।

तपाईको प्रतिक्रिया