१२ असार, कलैया । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा चोक बाट ८८ बोरा युरिया मल बरामद गरेको छ । वीरगंजबाट अम्लेखगंज तर्फ जाँदैँ ना.६ त ५३९९ नं.को ट्याक्टरमा लोड गरी ल्याईरहेको अवस्थामा उतm मलखाद बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उक्त मलको बिल भर्पाई नरहेको प्रहरीले जनाएको छ। बरामद भएको उतm युरिया मल र ट्याक्टरलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया