१३ असार, कलैया । प्रहरीले बाराको करैयामाई गाउँपालिका ३ मा रहेको बुलेट ईटा उधोग बाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको भारी परिमाणको अबैध लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नम्बर ं.४ लौतन टोल बस्ने ६२ बर्षिय समसुलहक देवान, चितवन राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ४५ बर्षिय लक्ष्मी बहादुर राई र ट्रक चालक बारा कलैया उपमहानगरपालिका १७ बस्ने २५ बर्षिय सुवोध प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अवैध लागू औषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा हिजो बिहान सवा १ बजेको समयमा प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले एक सय २५ किलो अबैध लागु औषध गाजा बरामद गरेको हो । चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा प्रहरी टोलीले उतm गाजा बरामद गरेको छ। उक्त अवैध लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र.न.२– ०३ – ००१ प ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
बारामा अवैध लागु औषध गाँजा सहित ३ जना पक्राउ ।

तपाईको प्रतिक्रिया