१३ असार, कलैया । नोवेल कोरोना कोभिड–१९ रोकथामको लागि बारा निर्वाचन क्षेत्र नं ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य ज्वाला कुमारी साहले हिजो संस्कार एफ.एम. कलैयालाई स्वास्थय सामग्री हस्तान्तरण गरेकी छन्।निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷०७७को कार्यक्रमबाट नेपाल पत्रकार महासंघको सभाहलमा संस्कार एफ.एम. ९५.६ मेघाहर्ज कलैया, कलैयामा रहेका अन्य एफ.एम.हरु र पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण गरेकी हुन् । प्रदेश २ सरकार, भौतिक पूर्वाधार बिकास मन्त्रालय, यातायात पूर्वाधान निर्देशनालय र पूर्वाधार बिकास कार्यालयको समन्वयमा स्वास्थ्य सामग्री वितरण गरीएको हो । मेडिकेटेड माक्स दुई प्याक, केएन ९५माक्स ५ ओटा, सेनीटाइजर १० ओटा , ग्लोब ७ प्याकेट वितरण गरेकी हुन् । कोरोना भाईरसको महामारीको समयमा फन्टलाईनमा बसेर जोखिमलाई सहजरुपमा स्विकार गरी संचार जगत र संचारकर्मीको भुमिका धेरै राम्रो लागेको प्रदेस सभा सदस्य साहले बताईन् । उनले महामारिबाट जोगाउन संचारकर्मीलाई सहयोगको सुरु आफुबाट गरेर सरोकारवाला निकायको ध्यानआकर्षण गर्नका लागि स्वास्थ्य सामग्री वितरण गरेको बताईन् । संचारकर्मी र संचार संस्थामा कामगर्ने कसैलाई पनि रोग नलाओस र सबैले सुरक्षाका विधि र प्रक्रिया अपनाएर नागरिकले पाउने संचारको हक संविधानले दिएका हुनाले उपयोग गर्न पाउने वातावरण मिलाएन आग्रह गरिन् । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, उमपहानगरपालिका र गाउँपालिकाले संचार जगतले कसरी सेवा दिएको छ भनि एक पटक सोच्न आग्रह गर्नुभयो । रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनले सहजरुपमा सूचना नगरिक सम्म पु¥याउने वातारण मिलाउनु पर्ने बताईन्।संचारकर्मीहरु समाचार संकलन गर्न समुदायमा जाँदा सतर्क हुन जरुरी रहेको उनको भनाई रहेको थियो ।कुनै पनि समाचार वा प्रसारण गर्ने सामग्री लिन जाँदा र आउँदा पत्रकारलाई भाइरसबाट सुरक्षा गर्नका लागि सरोकारवालाको ध्यान दिनुपर्ने उनले बताईन् ।तीन तहका सरकार, प्रतिनिधि सभाका सदस्य, राष्ट्रि«य सभा सदस्य, प्रदेश सभा सदस्य, नागरिक समाज र स्थानीय प्रशानको ध्यानआकर्षण हुन जरुरी रहेको उनले बताईन् ।संचार जगतलाई निराशा जनक बनाउने र कमजोर बनाएर राम्रो समाचार र उपयोगि सूचनाको आशा नगर्न उनले आग्रह गरिन् ।उनले पत्रकारलाई रोगलाग्नबाट बचाउनु पर्छ भन्नुभयो । उनले पत्रकार मरेपछि कस्ले सूचना दिन्छ भनि प्रस्न गर्नुभयो ।स्वास्थ्य सामग्री वितरण कार्यक्रममा अमृत शर्मा बजगाई,रमेश कुमार साह, बृजमोहन कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सभा सदस्य साह द्वारा संस्कार एफ.एम कलैयालाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण ।

तपाईको प्रतिक्रिया