१४ असार, कलैया । लाखौंको संख्याले एकसाथ बालिनाली सखाप पार्ने भनिएको फट्याङ्ग्रा जस्तो देखिने सलह किरा बारामा फेला परेको छ ।संघ सरकार अन्तरगतको कृषि मन्त्रालय प्रकोप समितिका संयोजक सहदेव हुमागाईले यस्को पुष्ठि गरेका छन् ।कृषि ज्ञान केन्द्र बारा प्रमुख जितेन्द्र यादवले पठाएको फोटोबाट हुमागाईले सलह भएको पुष्टी गरेको यादवले बताए ।यद्यपी यो कुन प्रजातीको सलह हो भन्ने प्रमाणित भईनसकेको उनले बताए।हाल जिल्लाको जितपुरसिमराउपमहानगरपालिका तथा निजगढनगरपालिकाका कतिपय स्थानमा यो किरा हजारौंको संख्यामा देखिएको छ । किरा प्रदेश नं.२को पर्सा बारा र सर्लाहीमा एकसाथ देखीएको उनको भनाईछ । उद्यपी बारामा भने पर्साबाट प्रवेश गरेको उनको भनाई थियो । नेपालमा यो किराले बाली नाली नष्ट गर्ने भएपनी यसकोे उत्पादन र वृद्धि हुने संभावना कम रहेको ज्ञान केन्द्र प्रमुख यादवको भनाई छ । यो किराको उत्पादन र वृद्धि मरुभुमिमा हुने भएकाले नेपालमा प्रभाव लामो समय नरहने आँकलन गरिएको उनले बताए । सलहको प्रकोप देखिएका स्थानमा कुनै पनि किरा मार्ने औषधी प्रयोग गर्न सकिने यादवको भनाई छ । यद्यपी किरा अग्लो स्थान रुखहरुमा बस्ने भएकाले हेलीकप्टर वा ड्रोनको प्रयोगबाट मात्रै औषधी छर्न सकिन्छ । यसका अलवापनीे ठुलो आवाजको सहयोगमा पनि किरा धपाउन सकिने उनले बताए ।
बारामा बाली नाशक सलह किरा भेटियो ।

तपाईको प्रतिक्रिया