१६ असार, कलैया । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले स्थानीय वातावरणमा सुहाउदा प्रजातीका धान रोपेर बढि भन्दा बढि उत्पादन गर्न सक्नु पर्नेमा जोड दिएका छन्।कलैया उपमहानगरपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर २२ भोडहामा हिजो राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दै उनले यसरी जोड दिएका हुन्। उनले कृषि बैज्ञानीकको सिफारीसमा सरकारले तोकेका बढि उत्पादन गर्ने धानका प्रजाती रोपेर जोखिमबाट बन्च पर्ने बताए । धेरै वर्षसम्म पुराना प्रतानी रोपी राखेमा उत्पादनमा कमि आउने अध्ययनले बताएकाले धानका प्रजाती फरक फरक रोप्न पर्ने बताए ।्
उतm अवसरमा बोल्दै कलैया उपमहानगरपालिकाकी नगर उप प्रमुख रहीमा खातुनले उन्नत जातको धानको विउ किसानले पाउन नसकेको र परम्परागत प्रजातीका धान रोपिरहेको बताईन् । उनले यस्तो तरिकाले किसानलाई समस्या भएको बताईन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरेले नेपालको विकास भएका धानका विउको बिषयमा किसानले जानकारी लिने र कुन जातको धानको विउ आफुलाई उपयोगी र बढि उत्पादन दिन्छ यकिन गरेर धानको विउ लगाउन पर्ने बताए । वडा नं २२ का वडा अध्यक्ष लालबाबु प्रसाद यादवले धान दिवसको अवसरमा सहभागि भएर वडाका किसानको मनोवल उच्च बनाएकोमा सबै अतिथिलाई स्वागत र धन्यवाद दिए । उनले असारको मध्य दिनमा नगरपालिकाका निर्वाचित प्रतिनिधि, कर्मचारी र नागरिक मिलेर धान रोपेर हिलो खेलेर रमाइलो मनाएको बताए । रोपाई दिवस कार्यक्रम संचालन कृषि शाखाका सुरेस धमलाको रहेको थियो । प्रहरी चौकी जैतापुरका इन्चार्ज असई रामबहादुर यादवले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको र असार १५ मा धान रोपेर रमाइलो मनाएको बताए । कार्यक्रममा कार्यपालिका सदस्य शोसिला देवी, गंगाजली दुसादीन, बदन देवि कुर्मीन, मनरिया दुसादीन, शिलादेवी कुर्मीन वडा सदस्य रमेश राम, महेश भगत कोइरी,प्रभावती कनुइन, सारदा देवी राम, वडा नं २२ का सचिव रामएकवाल कुर्मी, चारका वडा अध्यक्ष जाटा शंकर सहनी लगायतको सहभागिता रहेको थियो ।
कलैया उपमहानगरपालिकाले राष्ट्रिय धान दिवस मनाईयो ।

तपाईको प्रतिक्रिया