१६ असार, कलैया । बिश्वमा नै बिनाशकारी मानिएको शलह किरा गएको असार १३ गते बाराको बिभिन्न स्थानमा देखा परी सकेकाले आफनो खेतको नियमित अनुगमन गर्न किसानहरु संग बाराको करैयामाई गांउपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाका नियिमित प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतोले एक सार्वजनिक सुचना जारी गरी करैयामाई गांउपालिकाका किसानहरु संग अनुरोध गरेका हुन । उनले खेतवारी वरिपरि किरा उडिरहेको देखिएमा उतm किराको समुहलाई तितर बितर पार्नको लागि ठुला अवाज निकालने ( काम जस्तै सामुहिक ड्रम ,टिन, थाल वा स्पिकर बजाउने,धुवाउने) गर्दा उतm किराको झुण्ड बालीमा नबसी अन्यत्र उडेर जान्छ । बालीमा फटयांग्रा समुहका किरा देखिएमा ठुला अवाज निकालने ( काम जस्तै सामुहिक ड्रम ,टिन, थाल वा स्पिकर बजाउने,धुवाउने), दुई तिन जना मिलेर बाली भित्र पसरे बोटलाई हलाउने,बिषादीको प्रयोग नगरी किरा संकलन गरी पशुपक्षि ÷माछाको दानाको रुपमा प्रयोग गर्ने, जालमा समातने वा नेट जालीहरुले छोपने, धानको ब्याडहरुमा असर पार्न सक्ने हुनाले पलाष्टिकले छोपेर राखने जस्ता कार्यहरु गरी सलह किरा बाट हुने क्षति कम गर्न गांउपालिकाले सबैमा अनुरोध गरेको छ। यस्ता किरा देखिएमा वा क्षति गरेमा वडा कार्यालय अथवा करैयामाई गाउँपालिकाको कृषि शाखामा जानकारी गराउन समेत अनुरोध गरिएको छ।
सलह किरा बाट बालीनाली जोगाउनको लागि खेतको नियमित अनुगमन गर्न किसान संग करैयामाई गांउपालिकाको अनुरोध ।

तपाईको प्रतिक्रिया