१८ असार, कलैया । आज बिहानै देखि परेको मुसलधारे पानीले बारामा खेतमा पानी पानी भएको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका , प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाईगांउपालिकामा किसानहरुले धान बाली लगाएको खेतमा पानी नै पानी भएको हो । बढी पानी परेपछि रोपाई गर्न बांकी रहेका किसानहरु धानको रोपाई गर्न ब्यस्ता भएका छन ।
तपाईको प्रतिक्रिया