१९ असार, कलैया । बाराको फेटा गांउपालिकाले चटयाङ्ग लागेर हिजो बिहान मृत्यु भएका दुवै मृतक महिलाका घर परिवारलाई किरिया खर्च स्वरुप पचास हजार रुपैया दिने निर्णय गरेको छ। बिहान गांउपालिकाको कार्यालयमा बसेको आक्समिक बैठकले दुवै मृतक ईन्दु देवी महतो र सोनरपति देवी महतोको परिवारलाई तत्काल किरिया खर्च बाट रु पचास हजार रुपैया दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले जानकारी दिएका छन्। गांउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादको अध्यक्ष बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकमा फेटा गांउपालिकाकी उपाध्यक्ष कमरुन खातुन, वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दास लगायतको सहभागिता रहेको थियो । बारामा चट्याङ लागेर मृत्यु भएका पिडितहरुको परिवारका लागि प्रदेश सरकारले जनही १ लाख उपलब्ध गराउँने भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलले प्रदेश सरकार मार्फत बारामा चट्याङ् लागेर मृत्यु भएका व्यक्तिहरुको परिवारलाई १ लाख राहत उपलब्ध गराइने बताए । चटायङ लागेर घाइते भएका १० जनालाई प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने समेत मन्त्रि सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए
फेटा गांउपालिकाले चटयाङ्ग लागेर मृत्यु भएका महिलाका परिवारलाई किरिया खर्च स्वरुप पचास हजार रुपैया दिने ।

तपाईको प्रतिक्रिया