२१ असार, कलैया । बाराको करैयामाई गांउपालिकाको पशु सेवा शाखाको आयोजनामा करैयामाई गांउपालिकामा बर्डफलु तथा अन्य रोगहरु सम्बन्धी बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। करैयामाई गांउपालिकाका अध्यक्ष भुनेशवर धामीको अध्यक्षतामा उतm बैठक सम्पन्न भएको हो ।उतm अवसरमा बोल्दै गांउपालिका अध्यक्ष धामीले गांउपालिका भित्र बर्ड फलु तथा अन्यरोगहरुको संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाउनु पर्ने बताए। उनले नेपाल सरकारले प्रतिबन्ध लगाएको पशु पंक्षी जन्य पदार्थ भित्रीन नदिन निगरानी बढाउनुपर्नेमा जोड दिए । उनले त्यस्ता पशु पक्षीहरु ल्याउने लाई कडा कारवाही गरिने समेत बताए ।उतm बैठकमा करैयामाई गांउपालिकाकी उपाध्यक्ष चित्ररेखा चौधरी,वडा अध्यक्षहरु सोनालाल साह, सुरेन्द्र साह, राजकुमार चौधरी, सुरेन्द्र चौधरी, बृज चौधरी, उमेश चौधरी, प्रहरी सहायक निरीक्षक श्रीकिशोर ठाकुर , स्थानीय कुखुरा पालक किसान लगायतको सहभागिता रहेको छ। उतm बैठकमा पशु सेवा शाखाका कृष्ण साहले सहजीकरण गरेका थिए। बैठकमा पशु सेवा शाखाका अविनाश थापाको सञ्चालन रहेको थियो ।
बर्ड फलु तथा अन्यरोगहरुको संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाउनु पर्ने करैयामाई गांउपालिकाका अध्यक्ष धामीको भनाई ।

तपाईको प्रतिक्रिया