२१ असार, कलैया । बारा प्रहरीले मास्क प्रयोग नगर्ने एक सय २८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ। बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरुलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन्। उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रति व्यक्ति रू.१००। जरिवाना गरिएको उनले बताए । जरिवाना पशचात उनीहरुलाई छाडिएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन र प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि नेपाल सरकारद्धारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बारा समेतबाट भएको निर्देशन लाई अवज्ञा गर्नेलाई कारवाही गरिएको छ। स्थानीय प्रशासनले असार १६ गते देखि असार १८ गते सम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरि लगातार ३ दिनसम्म सचेतना मुलक अभियान संचालन गरेको थियो ।
बारामा मास्क प्रयोग नगर्ने १२८ जना कारवाहीमा ।

तपाईको प्रतिक्रिया