२३ असार, कलैया । कोरोना (कोभिड– १९) का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम बारामा सञ्चालन गरिएको छ ।उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने जिल्ला जन स्वास्थय कार्यालय बाराले जनाएको छ। जिल्ला भरी एकै साथ ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका , प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाई गांउपालिकामा उतm कार्यक्रम सञ्चालन गरिएको छ। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा हिजो र आज दुई दिन सञ्चालन गरिएको स्वास्यय कार्यालयले जनाएको छ। ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाईने छ। कोभिड– १९ का कारणले बन्दाबन्दीले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ ।त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।
बारामा आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै ।

तपाईको प्रतिक्रिया