२६ असार, कलैया । बाराका किसानहरुले लगाएको असारे धानको लागि नभै नहुने युरिया मल नपाउदा सास्ती खेप्नु परेको छ। जिल्लाको जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका,पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका किसानलाई सास्ती खेप्नु परेको हो । यसैगरी जिल्लाको प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाई गांउपालिका किसानलाई सास्ती खेप्नु परेको हो । धानबालिमा हरितपन ल्याउनको लागि धान रोपेको बाईस दिनमा युरिया मलदिएन भने रोपेको धान खेरा जाने स्थानिय किसान दिपक दाहालको गुनासो छ ।हाल सरकारले किसानलाई युरिया मल उपलब्ध गराउन नस्कदा भारत बाट आयतित मल्ल १३ देखि १७ सय संम्ममा किन्न बाध्य रहेको दाहाल बताउछन ।लक डाउनको कारणनेपालमायुरिया पाउन सहजनभएपनिछिमेकि मुलुकभारत मलल्याउन सरकारले छुट दिएमा किसानहरुको आवश्यकता पुरा हुने दाहालको ठम्याई छ ।
युरिया मल नपाउदा किसानलाई सास्ती ।

तपाईको प्रतिक्रिया