२७ असार, कलैया । बिगत दुई दिई दिन देखि जारी पानीको कारण बाराको जनजिवन प्रभावित बनेको छ । बर्षाले जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका,पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका किसानलाई सास्ती खेप्नु परेको हो । यसैगरी जिल्लाको प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाई गांउपालिकाको. जनजिवन प्रभावित बनेको हो । बर्षाले स्थानीय सडकहरु हिल्लामे बनेपछि कति स्थानमा आवत जावत समेत बन्द भएको छ। भने कति स्थानमा सडकमा बर्षाको पानी जमेर पोखरीमा परिणत भएको छ। बर्षाले कलैया नगरपालिकाको तिन कुने चोक देखि भरत चोक सम्मको बाटोको ठांउ ठांउमा खाल्टो खुल्टीहरु बनेको छ। उतm सडक भएर पैदल हिडन समेत समस्या भएको कलैया १ का हरिओम साहले बताएका छन्। कलैया उपमहानगरपालिकाले तत्काल बाटोको मरम्मत संभारमा कुनै चासो नलिएको कारण उतm बाटा्ेमा सवारी साधनलाई आवत जावत गर्न कठिनाई भएको छ। सवारी साधनहरु जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका छन्। यसैगरी भरत चोक देखि जिल्ला अस्पताल सम्म पुगने बाटोमा नै बर्षाको पानी जमेर नदीमा परिणत भएको छ। बर्षाले कलैया उपमहानगरपालिकाको ब्रहम्पुरी, भतौडा लगायतको स्थानको बाटो हिल्लामे बनेको छ। यता बर्षाको कारण बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर ४ को १५ घरधुरी प्रभावित बनेको छ। पानीको निकास नहुदा बाटोमा नै तिन फित पानी जमेर आवत जावत गर्न समेत समस्या भएको स्थानीयबासीले जनाएका छन्। बर्षाको पानी उतm वडाका कति घर।मा समेत पसेको स्थानीय मिनाक्षी चौधरीले बताएकी छन्। बर्षातको समयमा यस्तै समस्या खेप्नु परेको उनले बताईन्। वडा कार्यालयलाई पानीको निकासको लागि जानकारी गराउदा समेत कुनै चांसो नलिएको उनले गुनासो गरिन्।यसैगरी बाराको कलैया उपमहानगरपालिका १ शान्तिटोलमा समेत बर्षाको पानी जमेर आवत जावत गर्न समेत समस्या भएको छ।
बिगत दुई दिन देखि बर्षाको कारण बाराको जनजिवन प्रभावित ।

तपाईको प्रतिक्रिया