२८ असार, कलैया । बिगत दुई दिन देखि जारी पानीले बाराका नदीहरुमा बाढी आएका कारण धान खेतमा डुबानमा परेको छ । बर्षाले जिल्लाको बंगरी, किरकिचाहा दुधौरा, पसाह, तियर, जमुनी, थलही, लालबैया, अरुवा लगायतका खोलामा बाढी आएका कारण किसानहरुको धान खेत डुबानमा परेको हो ।बंगरी खोला आएको बाढीले सुराही, उतरभिटकैया, ब्रहम्पुरी, बन्जरिया, बेलहिया, मनगढवा, मटियरिया, पिपरिया लगायतका स्थानका किसानहरुले खेतमा लगाएको धानबाली डुबानमा परेको हो ।धानबाली डुबानमा परेपछि बाढीले धानको बिरुवा नै बगाएर लगने भन्दै किसानहरु चिन्तीत बनेका छन् । यता बंगरी नदीमा आज आएको बाढीले कलैया उपमहानगरपालिका २३ बैराठपुरमा जग्गा कटान गरेको छ। नदीले उतm स्थानमा दश बिगहा जग्गा कटान गरेर लगेको स्थानीय सलिम अंसारीले जानकारी दिएका छन ्।
बंगरी खोलामा आएको बाढीले किसानको धान खेत डुबानमा ।

तपाईको प्रतिक्रिया