२८ असार, कलैया । बाराको कलैया उपमहानगरपालिका ३ मा रहेको सिद्धेश्वरनाथ महादेव मन्दिरको ८७औँ जयन्ति विशेष पूजा अर्चना सहित मनाइँदै छ । सिद्धेश्वर जयन्तिको अवसरमा २४ घण्टे अखण्ड रुद्राभिषेक, अखण्ड हवन, सिद्धेश्वरनाथ महादेवको विशेष पूजन, शप्तशतीपाठको आयोजना गरिएको छ । यस धार्मिक कार्यक्रमको समुद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले गर्नुभएको थियो । उक्त अवसरमा विशेष पूजा अर्चना गर्दै नगरप्रमुख यादवले शिद्धेश्वरनाथ मन्दिर कलैयाको नै चिनारी भएको र यसको चौतर्फी विकासमा नगरपालिकाको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उद्घाटन समारोहमा चन्दादाता अभिषेक अग्रवाल, सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामाश्रे साह कानू, प्रधानाध्यापक छविरमण सुवेदी, सहप्रधानाध्यापक राजकुमार प्रसाद, शिक्षक महेश्वर भण्डारी, मुखिया जितेन्द्र तिवारी, वैदिक हरिबाबु मिश्र लगायत विद्यालयका शिक्षक कर्मचारी एवं पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । अनुष्ठानमा अखण्ड रुद्राभिषेकका आचार्य कृष्णहरि नेपाल, ध्यान शिक्षक विमल पौडेल लगायत ३१ जना ब्राह्मण विद्यार्थी वटुकहरुको सहभागिता रहेको छ । वि. सं. १९९१ श्रावण कृष्ण षष्ठी तिथिका दिन श्री १०८ गोपालबाल ब्रह्मचारीद्वारा स्थापित मन्दिर बारा जिल्लाकै प्रमुख धार्मिक क्षेत्रमा पर्दछ ।
सिद्धेश्वरनाथ महादेव मन्दिरको ८७ औँ जयन्ति विशेष पूजा अर्चना सहित मनाइँदै ।

तपाईको प्रतिक्रिया