२९ असार, कलैया । साउन महिनाको दोस्रो सोमबार बाराका शिवालयहरुमा आज बिहानै देखि श्रद्धालुहरुको घुईचो लागेको छ। श्रद्धालुहरु बिहानै नुहाई धुवाई गरी जिल्लाको बिभिन्न स्थानमा रहेको शिवमन्दिरमा पुजाआजा गर्न गएका छन्। जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका,प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाई गांउपालिकामा रहेको शिवालयहरुमा भतmजनको घुईचो लागेको हो ।कलैया स्थित सिद्धेश्वर नाथ महादेव मन्दिर, ब्रहम्पुरीको नरमदेशवर महादेव मन्दिर, बन्जरियाको महादेव मन्दिर, बेलहियामा रहेको शिवमन्दिर, प्रष्टोकामा रहेको शिव मन्दिर, मोतीसरमा रहेको शिवमन्दिर, सिसहनियामा रहेको शिव मन्दिर, चारकोषे झाडीम रहेको जंगली बाबा सहजनाथ मन्दिर, बरियारपुरको गढीमाई मन्दिर परिषरमा रहेको महादेव मन्दिर, मझरियामा रहेको महादेव मन्दिर, सिम्रौनगढको कंकाली मन्दिर परिषरमा रहेको महादेव मन्दिर, कचोर्वा, पटेर्वामा रहेको महादेव मन्दिर , महेन्द्र आर्दश च्युटाहामा रहेको शिव मन्दिर लगायतकोमा दर्शनार्थीहरुको भिड लागेको छ। श्रद्धालुहरु समाजिक दुरी कायम गरी मन्दिरमा पुजाआजा गरेका छन ्। कोरोना भाईरसको कारण साउने सोमबार शवमन्दिरमा लागने मेलाहरु प्रभावित बनेका छन्।
साउन महिनाको दोस्रो सोमबार बाराका शिवालयहरुका दर्शनार्थीहरुको घुईचो ।

तपाईको प्रतिक्रिया