३० असार, कलैया । जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहले ज्येष्ठ नागरिकले समाज बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका छन्। जन स्वास्थय कार्यालय बाराको आयोजनामा ज्येष्ठ नागरिक संघ बाराको सहकार्यमा कलैया स्थित एभरेष्ट लजमा हिजो ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख आतिथ्यमा बाट बोल्दै सिंहले यस्तो बताएका हुन ।उनले ज्ष्ेष्ठ नागरिक देशको अमुल्य सम्पति रहेको बताए । उनीहरुको ज्ञान र अनुभवले समाजलाई असल मार्गमा लगन सकिने बताए। उनले ज्येष्ठ नागरिकहरुले घरपरिवार, समाज र देशलाई असल बाटोमा लग्नु पर्नेमा बताए। उनले ज्येष्ठ नागरिकहरु संग धेरै अनुभव रहेकाले उनीहरुको अनुभवलाई ग्रहण गर्नुपर्ने बताए ।। जेष्ठ नागरिकलाई संगठित र ब्यवस्थित हुनुपर्ने उनको भनाई रहेको थियो । उनीहरुलाई गांउ ,समाज , घर परिवार र देशले सम्मान दिनुपर्नेमा जोड दिए। उनले ज्येष्ठ नागरिकलाई संगठिन हुन आग्रह गरे । उनले जिल्ला देखि केन्द्र सम्म जेष्ठ नागरिकले आफनो संगठन बिस्तारका साथै ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले जेष्ठ नागरिकले आफनो अधिकार सरकार संग लिनुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने कार्यक्रम ल्याएकोमा धन्यबाद दिए । जिल्ला जन स्वास्थय कार्यालय बाराका प्रमुख रामनरेश यादवको बिशिष्ट आतिथ्यमा भएको उतm कार्यक्रममा ज्येष्ठ नागरिक संघका उपाध्यक्ष ईन्द्राशन शर्मा , संचिव लक्ष्मी चौधरी लगायतकाले मन्तब्य ब्यतm गरेका थिए । ज्येष्ठ नागरिक संघ बाराका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा भएको उतm कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको. थियो । उनीहरुलाई एक हजार नगद,एउटा टर्च लाईट,एक थान कम्बल र एउटा छाता प्रदान गरी सम्मान गरिएको हो । उतm कार्यक्रममा स्वागत जन स्वास्थय कार्यालय बाराका परिवार नियोजन अधिकृत राघवेन्द्र कर्ण एवम् सञ्चालन शिवशंकर यादवको रहेको थियो ।
ज्येष्ठ नागरिकले समाज बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने जिल्ला समन्वय समिति बाराका प्रमुख सिंहको भनाई ।

तपाईको प्रतिक्रिया