३१ असार, कलैया । बाराको एक महिला संचारकर्मीलाई समाचार लेखेका कारण श्रेष्ठ बिल्डर्सका लाल श्रेष्ठले धमकी दिएका छन्। राजस्व हिनामिना ,ठेकेदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शिर्षकको समाचार लेखेपछि श्रेष्ठले बारा जितपुर सिमरा उपमहानगरपालिका सिमरा निवासी महिला सञ्चारकर्मी शारदा पोखरेलाई समाचार नलेखन धम्की दिएको पिडीत पत्रकारले बताएकी छन्। श्रेष्ठले अगामी दिनमा नदी जन्य पदार्थको उत्खन्नको समाचार नलेख्न भन्दै धम्की दिएका हुन् । ठेकदार श्रेष्ठले माघ मसान्त भित्र बुझाउनु पर्ने नदिजन्य पदार्थको उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर जितपुर सिमरा उपमहानगरपालिकालाई झुक्याएका थिए। पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उखन्न गरिरहेका ठेकेदारले पनि चैत मसान्तमा बुझाउनु पर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेखेकी थिइन्।् ।पत्रकार पोखरेल माथि दुव्र्यवहार भएको घटना प्रति नेपालपत्रकार महासंघ बारा जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्र्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा ठेकदार श्रेष्ठले महिला सञ्चारकर्मी माथि यस किसिमको दुव्र्यवहार र गालीगलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी काम हो,सञ्चारर्मी पोखरेल माथि भएको दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दछ,’महासंघको विज्ञप्तिमा उल्लेख छ। महासंघले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकाय सँग माग गरेको छ ।
समाचार लेखेकोमा बाराकी महिला सञ्चारकर्मीलाई धम्की ।

तपाईको प्रतिक्रिया