०९ साउन, कलैया । बाराको सिम्रौनगढ ईलाका लगायत अन्य क्षेत्रमा भदैया धानको स्थानीय जातको खेती गर्ने कृषकहरुको संख्या तथा क्षेत्रफल दिनप्रतिदिन कम हुदै गएपछि स्थानिय जातका धानहरुको लोप भएको छ। उन्नत जातको धानको बिकास भएका कारण स्थानीय जातका धानहरु लोप भएका हुन। उन्नत जातको धानको बिकास नहुुदा पहिला लगभग एक सय जातका धानहरु प्रचलित रहेका थिए । यी धानको जातहरुमा कटौस, झर्लाझी, भेलासारो ,दुधिसारो, गाजरगौल , सारो , सिकिचन , रांगो ,बंगरी ,साठी, सोटवा , मुटुरी , नखी सारो लगायतका रहेका थिए। कति स्थानीय जातका धानहरु लोप भई सकेको कृषि संरक्षण समाज कचोर्वा बाराका अध्यक्ष रामबाबु प्रसाद यादवले जानकारी दिएका छन। यी धानहरु मध्ये कतिपय अधिक खडेरी सहने, अधिक पानी सहने खालका रहेका थिए। कुनै धानको बोट लामो, कुनै सानो र कुनै मध्यम खालको रहेको थियो । धान पनि कुनै मोटो ,मसिनो ,रातो कालो रहेको उनले बताए । यि धानहरु १५० दिन र कुनै १६५ दिनमा तयार हु्न्थयो उनले बताए । यि धानहरु लोपहुनका कारणहरुमा उत्पादन कम हुनु ,यो धानहरु अत्यधिक ठुलो भएकोले ढल्ने र उम्रिने भएको, प्रकृती प्रकोप सहन न सक्ने, कृषी जैबिक विविधताको महत्व र संरक्षणको सम्बन्धि चेतना जगाउने कार्यक्रमहरुको कमी, स्थानीय जातहरु सम्बन्धि अध्यण र अनुसन्धान को कमी,उन्नत जातको धानको प्रचार र प्रचलनले स्थानिय जातको धानहरु लोप्नोमुख भएका हुन् । लोप्नोमुख भएको धानहरु मध्ये केही जातका धानहरु कृषि बिकास संरक्षण समाज बारा कचोर्वाको बिउ बैंकमा राखएको अध्यक्ष यादवले बताए ।
भदैया धानको स्थानीय जातका धान लोप भयो ।

तपाईको प्रतिक्रिया