१३ साउन, कलैया । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले हिजो बिहान कलैयाको मुख्य चोकमा आयोजनमा गरेको कोभिड १९ सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा मास्क बितरण लाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पण्डितले मास्क नलगाई पसल खोल्ने ,यात्रा गर्ने यात्रुलाई जरिवाना गरिने चेतावनी दिए। उनले मास्क नलगाउने लाई रु एक सय रुपैया जरिवाना गरिने समेत बताए । उनले अनावशयक रुपमा घर बाहिर नजान समेत आग्रह गरे। कम बिशेषले बाहिर निस्कनु परेमा मास्क लगाएर र हातमा पञ्जा लगाएर बाहिर निस्कन आग्रह गरे । उनले अनावशयक भिडभाड समेत नगर्न जिलला बासी संग अपिल गरे । उनले अनिवार्य रुपमा समाजिक दुरी कायम गर्न आग्रह गरे। उक्त अवसरमा मास्क समेत बितरण गरिएको थियो । कार्यक्रममा सञ्चालन बाराका प्रहरी प्रमृुख कृष्ण पंगेनीको रहेको थियो । उतm कार्यक्रममा प्रहरी नायब उपरिक्षक गौतम मिश्र लगायतको सहभागिता रहेको थियो । हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिड्ने पैदल यात्रु, व्यपारीहरू समेत गरी २,२५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरी रू.२,२५,७०० राजश्व समेत संकलन गरेको छ । उक्त रकमलाई जिल्ला प्रशासन कार्यालय बारा मार्फत धरौटी खातामा जम्मा गरिएको छ।
मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गर्ने बाराका प्रमुख जिल्ला अधिकारी पण्डितको चेतावनी ।

तपाईको प्रतिक्रिया