२२ साउन, कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकामा गरी एकै दिन २५ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । जितपुर सिमरा उपमहानगरपालिकामा १७ जना र पचरौता नगरपालिकामा ८ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको े कोभिड फोकल र्फसन शंकर प्रसाद गुप्ताले जानकारी दिए । कोरोना पुष्टि हुनेमा कर्मचारी, पत्रकार र स्थानीय छन् । पालिकाले संचालन गरेका क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब दिएकामध्ये २५ जनामा कोरोना देखिएको हो ।जीतपुर स्वास्थ्य चौकीका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाले केही दिनअघि आफ्ना कर्मचारी र स्थानीयको स्वाब संकलन गरेर परीक्षणका लागि वीरगन्ज पठाएको थियो । परीक्षणका लागि पठाएकामध्ये स्वास्थ्य सहित अन्य शाखाका कर्मचारी, एक पत्रकार र स्थानीय १७ जनामा कोरोना पुष्टि भएको हो। यसअघि मंगलबार उपमहानगरपालिकाको एक स्वास्थ्य कर्मचारी, दुई सशस्त्र प्रहरी सहित चार जनामा कोरोना देखिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले परीक्षणको दायरा बढाउदै लगेको छ ।यस्तै पचरौता नगरपालिकामा संक्रमण पुष्टी हुनेमा ६ जना एकै परवारका सदस्य हुन् । भने अन्य दुई जना छिमेकी भएको बताईएको छ । यस अघि कोरोना पुष्टी भएका एक शिक्षकका सहयोगि र अर्का स्थानिय भएको स्वास्थ्य शाखाका सुचना अधिकारी नवलकिशोर यादवले जानकारी दिए ।यो सँगै बारामा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । उनीहरु मध्ये १७० जना कोरोना भाईरस संक्रमित निको भएर घर फर्किएका छन। जिल्लामा कोरोना भाईरस बाट दुई जनाको मृत्यु् भएको छ ।
बारामा एकै दिन २५ जनामा कोरोना भाईरसको संक्रमण ।

तपाईको प्रतिक्रिया