२५ साउन, कलैया । रसायनिक युरिया मलको आपुर्तीकर्ता साल्ट ट्रेडिङ्ग कारपोरेशन बिरगंञ्जका प्रमुख अमोद लामिछानेले अनुदानको मल समयमा आउन नसकेको कारण किसानलाई मल आपुर्ति गर्न कठिनाई भएको बताएका छन् ।बाराका सञ्चारकर्मी संगको कुराकानीमा उनले मल आपुर्ती बारे जानकारी गराएका हुन् । बजारमा कृषकले युरिया मलको अभाब खेपिरहेको बेला युरिया मलको बिकल्पमा नाईटोजन युक्त चिनिमल र अमोनियम सलफेट लगाउन लामिछानेको सुझाव छ ।हालको असहज परिस्थित र लक डाउनको कारण नेपालमा माग अनुसार अनुदानको मल ५० प्रतिसत मात्र आयत भएकोले युरिया मल किसानलाई उपलब्ध गराउन कठिन भएको उनको दावी रहेको छ ।कारपोरेशनले बिभिन्न सहकारी संस्थालाई बितरित युरिया मल दुरुपयोग नहोस भनेर संम्बन्धित वडा कार्यालयलाई जानकारी गराएको मात्र नभई बितरित मल कृषक माझ पुगे नपुगेको अनुगमनको पाटो संम्बन्धित कृषि ज्ञान केन्द्रले गर्नुपर्ने लामिछाने को भनाई छ ।कारपोरेशनले बीरगञ्ज बाट सहकारिहरुलाई प्रति बोरा रु ७ सय मा बितरण गरेको जनाएपनि कृषकले सोहि मल स्थानिय क्षेत्रमा भने दामाशाहिको दरले दोब्बर मुल्यमा किन्न पर्ने बाध्यता रहेको छ।यता भारत बाट कारोबारीहरुले ल्याएको युरिया मल प्रति बोरा रु २ हजार रुपैयामा खरिद गर्न बाध्य भएको किसानहरुको भनाई छ ।कृषि क्षेत्रको लागि रसायनिक मल बार्षिक ५ देखि ७ लाख टन माग रहेपनि ५० प्रतिसत मात्र आपुर्ति हुने भएकोले प्रत्येक बर्ष युरिया मलको हाहाकार हुने गरेको लामिछानेको बुझाई छ ।
अनुदानको मल समयमा आउन नसकेको कारण किसानलाई मल आपुर्ति गर्न कठिनाई ।

तपाईको प्रतिक्रिया