०१ भदौ, कलैया । कोरोना भाईरसको संक्रमणलाई मध्य नजर गरी जिल्ला प्रशासन कार्यालय बाराले आज देखि जिल्लाको १६ वटै स्थानीय तहमा अनिशचितकालिन निसेधाञा जारी गरेको छ। हिजो बसेको जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार
आम नागरिकको जिवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न बान्छनिय देखिएकाले अर्काे सुचना जारी नभए सम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम स्थानीय प्रशासनले जिल्लाको सबै स्थानीय निसेधाज्ञा जारी गरिएको हो ।
अत्यावशक कामका बाहेक कोही पनि ब्यतmीहरु घर तथा कम्पाउण्ड बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोडने हुलाकी लोकमार्गका पर्ने सबै स्थानीय तहहरु ,कलैया बजार क्षेत्र, पथलैया —बीरगञ्ज औधोगिक करिडोरमा पर्ने जितपुर, सिमरा ,पथलैया, परवानीपुर,नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ बरियारपुर, लगायतका अत्याधिक भिडभाड हुने तथा ग्रामिण हाट बजार लागने क्षेत्रहरु , अतिआवशयक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तै बिधुत, खानेपानी, खाध्यान्न, द्ध ग्यास, औषधी , एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु (चार पाग्रे तथा मोटरसाईकल समेतलाई पुर्ण रुपमा सञ्चालन बन्देज लगाउने, निषेधाज्ञा अवधी भर अत्यावशयक सेवामा संलगन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गरिएको छ।
खाधान्न, ग्यास, दुध, डेरी पसलहरु, तरकारी पसलहरु, मुख्य बजार क्षेत्रमा बिक्री बितरण नगरी साईकल तथा ठेला गाडामा राखेर मात्र अन्यक्षेत्रमा बिहान आठ बजे सम्म मात्र बिक्री बितरण गर्ने, निषेधित क्षेत्र भित्र कुनै पनि धार्मिक, सास्कृतिक, समाजिक कार्यहरु (बिबाह,ब्रतबन्ध, भोज भतेर) गर्न गराउन नहुने, भारत संग जोडिएका सिमा नाकाहरुमा २०७७ भाद्र मसान्त सम्म आवत जावत पुर्णरुपमा बन्द गर्ने , यो आदेशको बर्खिलाप गरी सवारी साधन वा मोटरसाईकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।