१२ भदौ, कलैया । कोरोना भाइरसको महामारीको बेलामा बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ मा रहेको शुभ लक्ष्मी मेटल उधोग प्रा.लीले नेपाली कामदारहरुलाई उधोग प्रवेशमा रोक लगाएको छ। बिगत ६ दिन देखि उतm उधोगले नेपाली कामदारहरुलाई उधोगमा प्रवेश निषेध गरेको हो । उधोगले नेपाली मजदुरहरुलाई काम गर्न रोक लगाएपछि उनीहरु आन्दोलनमा उत्रेका छन् । नेपाली मजदुरलाई उधोगमा प्रवेश गर्न नदिएपछि उनीहरु उधोगको मुल गेटमा धर्ना दिएका छन्।नेपाली कामदारहरुलाई उधोगमा प्रवेश गर्न निषेध गरी भारतीय कामदारलाई खटाएर उधोग सञ्चालन गरेको नेपाली कामदारहरुले आरोप लगाएका छन् । उधोगले अहिले सम्म कुनै ठोस निकास दिन नसकेको मजदुर तरेश सहनीले बताएका छन। उतm उधोगमा एक सय पचास जना मजदुर काम गर्दे आएका छन् । जस मध्ये ४० जना नेपाली मजदुर काम गर्छन् । अहिले ४० जना नेपाली मजदुरलाई उधोगले काममा रोक लगाएको मजदुर रमेश साहले बताए। ।उधोगले भारतिय मजदुरलाई काममा लगाएका कारण नेपाली मजदुर बिच्चलीमा परेका छन् ।यता जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामबाबु पटेलले उधोग सञ्चालकले संग कुरो गर्दा कुनै चासो नलिएको बताए। सञ्चालककै कारण उधोग बन्द हुने अवस्थामा पु्गेको उनले बताए। उधोगमा दुवै नेपाली र भारतिय मजदुरलाई राखेर काम गराउनका लागि पहल गर्दा उधोगले वास्ता नगरेको बताए। उधोगले प्रहरी प्रशासनको बलमा भारतिय मजदुर राखेर उधोग सञ्चालन गरेको मजदुर नेता असर्फी पासवानले बताए । मजदुरहरुले काममा फर्काउन माग गरेका छन् । गत बर्ष पनि उधोगले नेपाली मजदुरहरुलाई उधोग प्रवेशमा रोक लगाएको थियो । उधोगमा बिगत दुई बर्ष देखि काम गर्दै आएको मजदुरहरुलाई उधोगले काममा नलागउदा मजदुरहरुको घर परिवारमा पिडा थपिएको छ। यस बारे उधोग प्रशासनको प्रतिकृया उपल्बध हुन सकेको छैन् ।
उधोगले नेपाली मजदुरलाई काम गर्न रोक लगाएपछि मजदुर आन्दोलित ।

तपाईको प्रतिक्रिया