१३ भदौ, कलैया । वीरगन्जमा कोरोना भाइरसक्ँे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। गए राति दुई जना र आज बिहान एक जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिएका छन् । मृतक तीनै जना वीरगन्ज महानगरपालिकाका स्थानीयवासीन्दा हुन्। वीरगन्ज महानगरपालिका २२ मनियारीका ३७ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको हो। वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि गए राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो।एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा बिहान ४ बजे उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। निमोनियाको समस्या भएपछि उनलाइ चार दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो। त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएपछि हिजो उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।
यसैगरी वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा गएराति ४३ वर्षीय एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका १२ घर भएका ती पुरुषको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले जानकारी दिए। हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि हिजो साँझ वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। कोभिड अस्पतालमा उपचारका क्रममा उनको गए राति १२ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। त्यसैगरि वीरगन्जको नारायणी अस्पतालमा हिजो साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका १२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना भाईरसको संक्रमण भेटिएको छ ।अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि ती महिलाको स्वाब संकलन गरी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाइ हिजो अपरान्ह नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा हिजो साँझ साढे ५ बजे उनको मृत्यु भएको थियो। थप ३ जनाको मृत्यु भएसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
वीरगञ्जमा कोरोना भाईरसको संक्रमणबाट थप तीन जनाकोे मृत्यु ।

तपाईको प्रतिक्रिया