१६ भदौ, कलैया । रौतहटको गौरमा बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेको एक जना थुनुवा फरार भएको छ । बलात्कारको आरोपमा पक्राउ परेका गौर नगरपालिका वार्ड नम्बर ४ निवासी २२ बर्षिय रोहित कुमार यादव प्रहरी हिरासत बाट फरार भएका हुन् ।प्रहरीले गाउकै एउटा १८ वर्षिया युवतीलाई जबरदस्ती करणी गरेको आरोपमा उनी आईतवार पक्राउ परेको थियो । उनलाई सोमवार म्याद थप गरी कोरोनाको पि सि आर परिक्षणको लागी प्रहरीले टेलीकम नजिकको एउटा घरमा क्वारेन्टाइनको रुपमा राखेको थियो ।पि सि आर रिपोर्ट नआएसम्म पक्राउ परेकालाई प्रहरीले कडा सुरक्षामा राखेको थियो तर शौचालयको बहानामा उनी फरार भएको जनाईएको छ ।
तपाईको प्रतिक्रिया