०८ असोज, कलैया । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया नहर बाट नक्कली नेपाली रुपैया दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा बारागढी गांउपालिका ५ सिहासनी बस्ने २३ बर्षिय बलिराम चौधरी र भारत बिहार मोतीहारी जिल्ला झरोखर बस्ने २७ बर्षिय संदिप कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन। बसवरिया नहर स्थितमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा हिजो बिहान खटिएको प्रहरी टोलीले तत्काल सो स्थानमा पुगी चेकजाँच गर्दा बा.६४ प ९७०६ नमबरको मोटरसाईकलमा सवार चौधरी र भारतिय नागरिक संदिपको साथ बाट पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली १,०००।(दरको नक्कली नोट थान १२१६ (बाह्र लाख सोह्र हजार) बरामद भएको प्रहरीले जनाएको छ। उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको भनी खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु माथि अनुसन्धान भईरहेको बरामद नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाह्र लाख नक्कली नेपाली रुपैया सहित दुई जना पक्राउ ।

तपाईको प्रतिक्रिया