०८ असोज, कलैया । मंगलबार राती देखि जारी बर्षाको कारण बाराको जनजिवन प्रभावित बनेको छ बर्षाले जिल्लाको कलैया उपमहानगरपालिका जितपुर सिमराउपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका जनजिवन प्रभावित बनेको हो । जिल्लाको प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका,फेटागाउँपालिका,बिश्रामपुर गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, सुवर्णगाउँपालिका, देवताल गाउँपालिका, बारागढीमाई गाउँपालिका, करैयामाई गाउँपालिकाक जनजिवन कष्टकर बनेको हो । बर्षाले सडक हिल्लामे बनेपछि जिल्लाको कति स्थानमा आवत जावत समेत अवरुद्ध बनेको छ। बर्षाले कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीको सडक हिल्लामे बनेपछि आवत जावत गर्न कठिनाई भएको छ। उतm वडामा शहरी बिकास आयोजना बाट सडक तथा नाला निर्माणको कार्य जारी रहेकोले समेत सडक हिल्लामे बनेको हो । पानीले धानबालीलाई फाईदा भएको छ। राती देखि जारी पानीले जिल्लाका किसानहरुले खेतमा लगाएको धानबालीलाई राहत भएको हो । पानीले भदैया धानमा क्षति पुगेको छ। भदैया धान पाकेर भित्रयाउने बेलामा नै पानी परेपछि किसानलाई समस्या भएको छ । पानीले परिपक्व भएको भदैया धान भिजेपछि उम्रिने , कुहिने डरले किसान चिन्तीत बनेका छन ।
बर्षाको कारण बाराको जनजिवन कष्टकर बन्दै ।

तपाईको प्रतिक्रिया