१४, असोज, कलैया । शिक्षा बिकास तथा समन्वय ईकाई बाराले कोरोना भाईरस कोभिड १९ को महामारीको कारण नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले जारी गरेको निर्देशिका बिपरित बिधालय सञ्चालन नगर्न अनुरोध गरेको छ । निमित ईकाई प्रमुख बृजकिशोर प्रसाले एक पत्र जारी गरी निर्देशिका बिपरित बिधालय सञ्चालन नगर्न अनुरोध गरेका हुन। कोरोना भाईरसको कारण अवरुद्ध नियमित बिधालय शिक्षालाई अर्काे ब्यवस्था नहुन्जेल सम्म मन्त्रालयले बैकल्पिक प्रणाली बाट बिधार्थी सिकाई सहजीकरण गर्नुपर्नेमा निर्देशिकाको बिपरित कतिपय बिधालय तथा पालिकाहरुले बिधार्थीहरुलाई कक्षा कोठामा सेमत बोलाई पठन पाठन सञ्चालन गरिरहेकोमा गम्भिर ध्यानाकर्षण भएको ईकाई बाराले जनाएको छ। निर्देशिका २०७७ मा तोकिएको बैकल्पिक सिकाई प्रणाली बाहेक अन्य किसीम बाट बिधालय ÷कक्षामा नियमित पठन पाठन सञ्चालन नगर्नु ÷नगराउन ईकाई बाराले आग्रह गरेको हो ।
नेपाल सरकारले जारी गरेको निर्देशिका बिपरित बिधालय सञ्चालन नगर्न शिक्षा बिकास तथा समन्वय ईकाई बाराको अनुरोध ।

तपाईको प्रतिक्रिया