०५, पुस, कलैया । जिल्ला समन्वय बैठकले संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय बाट स्थानीय तहहरुमा सरुवा, पदस्थापन गरी पठाएका कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले हाजिर गराउने निर्णय गरिएको छ। जिल्ला समन्वय समिति बाराको आयोजनामा बिश्रामपुर गांउ पालिकामा सम्पन्न जिल्ला समन्वय बैठकले उतm निर्णय गरेको हो ।बैठकले स्थानीय तहबाट सञ्चालन हुने सम्पुर्ण गतिबिधीहरु सञ्चालन गर्न प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समान रुपमा उत्तरदायी भएकाले बिधीको शासन भित्र रही आपसी समन्वय र सहकार्य गरी कार्य गर्ने गराउने, यस समन्वय बैठकलाई अझ प्रभावकारी बनाउन अगामी बैठक देखि प्रत्येक स्थानीय तहले आफुले गरेका कामहरु मध्ये कमतिमा एक वटा उत्कृट कामकोप्रस्तुती गर्नुपर्ने, बिगतका समन्वय बैठकमा भएका निर्णयहरु कार्यान्वयनको अवस्थाको समिक्षा गरी सोको बिशलेषण पश्चात मात्र आगामी निर्णय गर्ने प्रक्रियाको थालनी गर्ने, यस समन्वय बैठकमा कुनै निर्दिष्ट स्थानीय तह संग सम्बन्धित समस्याहरु जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहजीकरण एवम् सम्बन्धित सरोकारवालाहरुको सहभागितमा छुटै छलफल गरी सामाधान गर्ने, स्थानीय तहबाट सञ्चालन हुने गतिबिधी तथा योजनाहरुको नियमित अनुगमन भईरहेकोमा आवशयकता अनुसार जिल्ला समन्वय समिति समेतलाई सहभागिता गराउन अनुरोध गर्ने,हालदिन प्रतिदिन बढदै गएको शितलहर बाट आम नागरिकलाई जोगाउन सम्पुर्ण स्थानीय तहहरुले ब्यवस्था गर्ने, अगामी बैठक २०७७ ÷१०÷०२ गते शुक्रबारका दिन सुवर्ण गांउपालिकामा बस्ने लगायतको निर्णय गरिएको छ। जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको अध्यक्षतामा उतm बैठक सम्पन्न भएको हो ।उतm बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उप प्रमुख सरस्वती चौधरी, निजगढ नगरपालिकाका प्रमुखसुरेश कुमार खनाल, उप प्रमुख लिला देवी लामिछाने,कोल्हवी नगरपालिकाका उप प्रमुख सुनैना थरुनी, प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, करैयामाई गांउपालिकाकी उपाध्यक्ष चित्ररेखा चौधरी, परवानीपुर गांउ पालिकाका अध्यक्ष हरिनारायण साह कानु, जिल्ला समन्वय अधिकारी सुनिल चौरसिया, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण प्रगेनी, सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तरझिटकैयाका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजित, अधिवतmा अरुण कुमार दुवे,महिला अधिकारकर्मी बबिता जयसवाल, शिक्षा बिकास तथा समन्वय ईकाई बाराका सुनिल प्रसाद यादव, पचरौता नगरपालिकाका अखिलेश यादव, कुशेशवर साह लगायतको सहभागिता रहेको थियो ।
मन्त्रालय बाट स्थानीय तहहरुमा सरुवा, पदस्थापन गरी पठाएका कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले हाजिर गराउने निर्णय ।

तपाईको प्रतिक्रिया