२२ फागुन, कलैया । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कानुन बमोजिम कामहरु गर्ने बताएका छन। जिल्ला प्रशासन कार्यालय बारामा आज आयोजित संचारकर्मी संगको परिच्यात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन। उनले कानुन भन्दा बाहिर गएर कुनै काम नगर्ने समेत बताए। उनले जिल्लाको समस्याहरुलाई समाधान गरिने समेत बताए।उतm अवसरमा संचारकर्मीहरुले जिल्लामा रहेको पसाह, दुधौरा, बालगंगा लगायतका खोलाहरूमा गरिएको दोहन, क्रसर माफिया, शिक्षा, स्वास्थ्य, तस्करी नियन्त्रण, वन माफिया, भ्रष्टाचार, सुशासन लगायतको बिषयमा जिज्ञासा राखेका थिए। उनले आफनो काम गर्ने शैलीले तपाईहरु सन्तुष्ट हुने बिशवास लिएको बताए। उतm कार्यक्रममा बाराका बरिष्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरूप्रसाद गौतम, प्रदेश सदस्य सिकेन्द्र पासवान,कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेय, जयनारायण यादव, मुकेश यादव, प्रकाश लम्साल, सागर बिश्वकर्मा, रबिन्द्र प्रसाद साह, अजय साह, प्रभु यादव लगायतको सहभागिता रहेको थियो ।
कानुन बमोजिम कामहरु गर्ने बाराका प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई ।

तपाईको प्रतिक्रिया