२३ चैत, कलैया । नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष पदमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन। महासंघको अध्यक्ष पदका लागि राजेश महतो, ,रेशम तिवारी, संजय कुमार तिवारी र गोकुल प्रसाद घोरसाईनेले उम्मेदवारी दिएको नेपाल पत्रकार महासंघको जिल्ला निर्वाचन समितिका अधिकृत उमेशलाल दासले जानकारी दिएका छन। महासंघको उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन। उपाध्यक्षमा निमेश कुमार तिमिल्सीना, रामबाबु प्रसाद मेहता र प्रभु प्रसाद यादवले उम्मेदवारी दिएका हुन। महिला उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएकी छन। महिला उपाध्यक्षमा अप्सरा पुडासैनी, प्रियंका कुमारी दास र लक्ष्मी पाण्डेले उम्मेदवारी दिएकी हुन। सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन। सचिवमा पूर्ण बहादुर बिश्वकर्मा,शरदचन्द्र भट्टराई, अनिल गौरव र अजय कुमार साहले उम्मेदवारी दिएका हुन ।सह सचिव पदमा अनिल कुमार साह, रन्जन यादवले उम्मेदवारी दिएका हुन। समावेशी सह सचिवमा शिवशंकर मिश्र र दुष्यन्त चौधरीले उम्मेदवारी दिएका छन। कोषाध्यक्षमा अनिल कुमार गुप्ता, पवन यादव र श्याम गुप्ताले उम्मेदवारी दिएका हुन। महिला सदस्यमा तुलसा घिमिरे, सृजा कुमारी थापाले उम्मेदवारी दिएकी छन। यसैगरी सदस्यमा खुल्ला तर्फ साजिर मन्सुर, बसन्त शर्मा,श्रीकान्त कुमार गुप्ता, अनिल पाण्डे, रन्जना खतिवडा, पप्पु साह, प्रदीप गौतम,नरेश गुप्ता,नवराज चौलागाई, ईन्दिप कोईराला र चन्दन कुमार चन्दनले उम्मेदवारी दिएका छन। त्यसैगरी प्रदेश परिषद सदस्यमा गिरिराज ओली,शेखर चौधरी,रतन टेमानी,पुष्पराज खतिवडा,सिता अधिकारी, मनोज कुमार साह, विदुर खड्का, प्रभात तिमिल्सीना,जिउत प्रसाद यादव, सबदर अंसारी, रामेश्वर प्रसाद ,श्रीराम रेग्मी,सिकिन्द्र साहले उम्मेदवारी दिएका हुन। महासंघ बारामा ५७ जनाले उम्मेदवारी दिएका छन। नेपाल पत्रकार महासंघको निर्वाचन अगामी चैत्र २५ गते हुन गईरहेको छ।प्रकाशित नामावली उपर दावी विरोध प्रयोजनका लागि चैत्र २३ गते अपरान्ह १२ः३० बजे भित्र निर्वाचन समिति समक्ष पत्राचार गर्ने समय निर्धारण गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी ।

तपाईको प्रतिक्रिया